सिरहा र झापा मिल्स गोल्डकपको फाइनलमा

मिति: २०२३-०३-१६ , समय : १९:०२:३१ , आवर प्रदेश

आवर प्रदेश

बिराटनगर। तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिकालागि सिरहा र झापा बिच भिडन्त हुने भएको छ । प्रतिभा क्लब गोलबजार सिरहा र धु्रर्वतारा स्पोटिङ क्लब झापा शनिबार मिल्स गोल्डकप विजेताको लागि भिडन्तमा उत्रिने छ ।

बिहीबारको दोस्रो सेमिफाइनलमा खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ० का विरुद्ध ३ गोल गर्दै प्रतिभा क्लब गोलबजार सिरहा फाइनल प्रवेश गरेको हो ।

बुधबार पहिलो सेमिफाइनल खेलमा सलहेस युवा क्लब सिरहालाई पराजित गर्दै धु्रर्वतारा स्पोटिङ क्लब झापा फाइनलमा प्रवेश गरेको थियो ।

सलहेस युवा क्लब सिरहालाई ट्राइबे्रकरमा २ का विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै धु्रर्वतारा स्पोटिङ क्लब झापा फाइनलको यात्रा तय गरेका थिए ।

बिहीबार दोस्रो सेमिफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ० का विरुद्ध ३ गोल गर्दै प्रतिभा क्लब गोलबजार सिरहा फाइनलमा प्रवेश गरेको हो ।

सिरहाका तर्फबाट सिद्धान्त लामा, बिनुआले मगर र अब्दुलाले १-१ गोल गरेका थिए । प्रतिभा क्लब गोलबजार सिरहाका बिनुआले मगर खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका लोकप्रिय यूवा नेता पर्शुराम बस्नेत, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, प्रतियोगिता संयोजक किशोर सुब्बा, उपसंयोजक प्रह्लाद बस्नेतले बिनुआले मगरलाई म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरे ।

विराटनगर–१६ स्थित विराटनगर जुटमिलको खेलमैदानमा शनिबार खेलाइने प्रतियोगिताको फाइन खेलको विजेताले २ लाख ११ हजार र उपविजेताले १ लाख ११ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछ ।

फागुन २७ गतेदेखि सुरु भएको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७९ चैत्र ४ गते समापन हुनेछ ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : १९:०२:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्