पत्रकार विक्रम निराैला र उषा सरदार नगद राशी सहित पुरस्कृत

मिति: २०२३-०४-१० , समय : ११:५६:१२ , आवर प्रदेश

आवर प्रदेश

विराटनगरमा दुई पत्रकार नगद राशी सहित पुरस्कृत भएका छन् । उद्घोष दैनिकका समाचार संयोजक तथा बीबीसी नेपाली सेवाका विराटनगर संवादाता विक्रम निरौलालाई ५१ हजार राशीको सृजनशिल पत्रकारीता पुरस्कार र मकालु टेलिभिजनका विराटनगर संवादाता उषा सरदारलाई ३१ हजार राशीको उदयमान पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पत्रकार कल्याण कोष मोरङले पत्रकार निरौला र सरदारलाई पुरस्कृत गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र पत्रकार कल्याण कोष मोरङका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर प्रहलादप्रसाद साहले पत्रकार निरौला र सरदारलाई नगद सहित सम्मान पत्रले पुरस्कृत गरेको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ११:५६:१२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित