ललितपुरबाट सालकको खपेटासहित दुई जना पक्राउ
मिति: २०२३-०४-१० , समय : १२:४१:२२ , आवर प्रदेश
मिति: २०२३-०४-१० , समय : १२:४१:२२ , आवर प्रदेश
आवर प्रदेश
ललितपुर, २७ चैत। ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका-२ घर भई सोही नगरपालिका-७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : १२:४१:२२ , २ वर्ष अगाडि