छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला

मिति: २०२३-०४-१० , समय : १३:०९:५५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २७ चैत। काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटार बंगुर फर्म नजिक जस्ताको टहरोमा रामेछाप नामाडी गाउँपालिका-६ घर भएका ५० वर्षीय डिल्ली बहादुर सुनुवार आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्सैगरी संखुवासभा, मकालु गाउँपालिका-५ सामसिङस्थित हातिसे खोल्सा नजिक दाङ घोराही उपमहानगरपालिका-२ बस्ने ४५ वर्षीय रमेश शर्मा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, दुधपोखरी गाउँपालिका-२ भुम्लिचोकस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : १३:०९:५५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्