आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०४-१० , समय : १४:००:४८ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २७ चैत। धनुषा, जनकपुर उपमहानगरपालिका-६ स्थित श्री श्याम बाबा मन्दिरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा लत्ताकपडा, पथरको मूर्ति ४ थान, झ्याल ४ थान र ढोका पूर्णरुपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, परोहा नगरपालिका-३ तेजापाकड टोल बस्ने बिगु महतो समेत ४ जनाको घर र गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब १९ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी, रौतहट, माधवनारायण नगरपालिका-४ मानपुर टोल बस्ने बद्री मुखियाको घरमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने १५ जनाको घरमा समेत आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, गरगहना लगायतका सामान जलेर करिब ९५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभा, चैनपुर नगरपालिका-११ पिप्ले बस्ने मिन बहादुर दाहालको घर र गुवालीमा आइतबार दिउँसो आगलागी हुदाँ घर, नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, सुनचाँदी लगायतका सामान जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बर्दिया, गेरुवा गाउँपालिका-५ पथरैया कार्की टोल बस्ने नबिन शाहीको घरमा आइतबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर शाही समेत ५ जनाको घरमा समेत आगलागी हुँदा पाँचै जनाको घर र घरमा रहेको नगद तथा सरसामान जलेर करिब ४१ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, बोदेबर्साइन नगरपालिका-८ काचन बस्ने ४० वर्षीय अशोक रामको घरमा विद्युत सर्ट भई आइतबार साँझ आगलगी हुँदा उक्त आगलागी फैलिएर छिमेकीको घरमा समेत आगलागी भई दुवै जनाको घर र घरमा रहेको नगद तथा सामान जलेर करिब ८ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोट, बिदुर नगरपालिका-४ बट्टार बस्ने ५० वर्षीय दुर्गा कुमारी शाहको होटलमा फ्रिजको तार सर्ट भई सोमबार बिहान आगलागी हुँदा होटलमा रहेको सामानहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ स्थित शिव शक्ति घ्यू फ्याक्ट्रीको कपडाको फिल्टर राखेको गोदाममा आइतबार राति आगलागी हुँदा गोदाममा रहेको कपडाको फिल्टरहरु जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : १४:००:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित