धादिङमा आगलागीबाट धनमाल जलेर नष्ट

मिति: २०२३-०४-१० , समय : १७:४९:४३ , आवर प्रदेश

आवर प्रदेश

धादिङ, २७ चैत । थाक्रे गाउँपालिका-९ आचार्यपोखरी बस्ने शालिकराम आचार्यको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाँडावर्तन लगायत विभिन्न सरसामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : १७:४९:४३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्