जीवन विकासद्वारा एक दिने साक्षरताको अभियान सम्पन्न।।

मिति: २०२३-०४-१२ , समय : १७:२६:३८ , आवर प्रदेश

आवर प्रदेश

रंगेली । जीवन विकास लघुवित्त वित्तीय संस्थद्वारा आर्थिक समृद्धिको अभियान, वित्तीय साक्षरताको ज्ञान भन्ने मुल नाराको एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

धनपालथान -४ स्थित सारदा उच्च माध्यमिक बिधालयमा भएको उक्त कार्यक्रमकाे आयोजना गरिएको थियो । कार्यक्रमा वडा अध्यक्ष श्रीराम चाैधरी, गयानन्द सरदार, जीवन बिकासका शिव चरण दास, कर्सिया शाखा प्रमुख गायत्री पाेख्रेल, स्थानीय बुद्धिजीवी लगायतकाे समेत सहभागीता रहेको थियोे ।

कार्यक्रम दुई परिवारका अतिविपन्न परिवारका प्रियंका कुमारी मुखिया र ममता हजामलाई जीवन बिकासले १ बर्षका लागि निशुल्क पठन-पाठन गर्ने जिम्मेवारी समेत लिएकाे छ । त्यसैगरी विपन्न परिवारका दुई जनालाई उपचार खर्च र शाैचालय निर्माणकार्यका लागि १० ,१० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरिएकाे थियोे ।

कार्यक्रमा रंगेली नगरपालिका र धनपालथान गाउँपालिका को जिवन बिकासमा आवद्ध रहेका महिला तथा पुरुषहरुकाे सहभागीता रहेको थियो ।सहभागीहरुलाई अहिले जीवन बिकासले गाउँ घरमा धेरै लाई ऋिण लगानी गरेर सहयोग समेत गरेकाे जानकारी गराएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय, कर्सियाकाे आयोजनामा उक्त कार्यक्रम समेत गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : १७:२६:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित