सुनसरीमा ४० वर्षीय राम चन्द्र रायकोकरेन्ट लागेर मृत्यु
मिति: २०२३-०४-१२ , समय : १७:४६:३१ , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : १७:४६:३१ , आवर प्रदेश
आवर प्रदेश
सुनसरी, २९ चैत। बर्जु गाउँपालिका-२ बस्ने ४० वर्षीय राम चन्द्र रायको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
ईटहरी उपमहानगरपालिका-१३ खनारस्थित स्वस्तिक मैदामिल बन्दै गरेको फ्याक्ट्रीमा फलामको भर्याङ लगाई कलर लगाउने क्रममा बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १७:४६:३१ , २ वर्ष अगाडि