उदयपुरबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

मिति: २०२३-०४-१२ , समय : १७:५३:१० , आवर प्रदेश

आवर प्रदेश

उदयपुर, २९ चैत। कटारी नगरपालिका-१० तिल्केचौरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-४ बस्ने २८ वर्षीय काशिराज राई र सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर राई रहेका छन् । प्रहरी चौकी सोलुङ्गा सोरुङछबिसेबाट खटिएको प्रहरीले बा।६७ प ३११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : १७:५३:१० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित