भारतका पूर्वसांसद अहमदका छोरा असद अहमद प्रहरीसँगको मुठभेडमा मारिए

मिति: २०२३-०४-१३ , समय : १७:४४:२० , आवर प्रदेश

आवर प्रदेश

भारतका पूर्वसांसद तथा गुण्डा नाइके अतिक अहमदका छोरा असद अहमद प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।

उमेश पाल हत्याकाण्डका मुख्य अभियुक्त असद अहमदसँगै उनका साथी गुलाम पनि बिहीबार मारिएको प्रहरीले जनाएका छन् ।

अतिक अहमदलाई पनि केही समय अगाडि मात्र उमेश पाल अपहरण मुद्दामै आजीवन जेल सजाय सुनाइएको थियो ।

उमेश पाल सन् २००६ मा अपहरणमा परेका थिए । उनको यसै वर्षको फेब्रुअरी २४ हत्या भएको थियो ।

बहुजन समाज पार्टीका विधायक राजु पालको सन् २००५ मा हत्या हुँदा सो हत्याको प्रमुख प्रत्यक्षदर्शी उमेश पाल थिए । उमेशले गुण्डा नाइके हुँदै सांसद बनेका अतिक अहमदलाई हत्यारा भनेका थिए ।

 

उमेश पाल

त्यसपछि उमेशको १७ वर्षअगाडि अपहरण भएको थियो । सोही अपहरण मुद्दामा अतिक अहमदलाई आजीवन जेल सजाए सुनाइँदा उनका छोरालाई हालैको हत्यामा मुख्य अभियुक्त भनिएको थियो ।

प्रहरीले हालै मारिएका अतिक अहमदका छोरा असद अहमदको टाउकोको मूल्य पाँच लाख तोकेको थियो ।

 

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १७:४४:२० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्