छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला

मिति: २०२३-०४-१३ , समय : १८:१७:५७ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, ३० चैत। ललितपुर, महालक्ष्मी नगरपालिका-३ ढुङ्गेसाँगु डेरा गरी बस्ने सिन्धुपाल्चोक बांडेगाउँ नगरपालिका-५ घर भएकी ४२ वर्षीया कुसुम थापा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

त्सैगरी पर्वत, बिहादी गाउँपालिका-४ अर्यालथरस्थित आँपको रूखको फेदमा सोही ठाउँ बस्ने बारा घर भएका ३४ वर्षीय सुरज लामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्सैगरी म्याग्दी, बेनी नगरपालिका-१ हुलाकेडाँडास्थित हुलाके सामुदायिक वनमा सोही ठाउँ थाउने वगर बस्ने ३९ वर्षीय सन्तोष बोगटी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १८:१७:५७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित