आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मिति: २०२३-०४-१३ , समय : १८:२२:४९ , आवर प्रदेश
मिति: २०२३-०४-१३ , समय : १८:२२:४९ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, ३० चैत। मकवानपुर, हेंटौडा उपमहानगरपालिका-१८ दोभानचौरस्थित रत्नदेबी दुध उत्पादन शहकारी संस्थामा विद्युतको तार सट भई बिहीबार बिहान आगलागी हुँदा दुध चेक गर्ने मेशिन सेट १ थान, कम्प्युटर १ थान, मिटर बक्स १ थान, कागज पत्र लगायतका सामान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्सैगरी सप्तरी, कंचनरुप नगरपालिका-८ गोवास टोल बस्ने सुधमबर कुसिएतको आफ्नै घरको अगाडि ट्याक्टरबाट थ्रेसर लगाउने क्रममा थ्रेसरबाट आगोको झिल्का निस्किएर बिहीबार बिहान आगलागी हुँदा परालको टाल २ वटा, गहुँको पराल र घर जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१३ , समय : १८:२२:४९ , २ वर्ष अगाडि