दुहबीमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु

मिति: २०२३-०४-१७ , समय : १२:१२:१६ , आवर प्रदेश

आवर प्रदेश

सुनसरी, बैशाख ४ गते । सुनसरीको दुहबी नगरपालिका-१० स्थित ट्याङग्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २७ बर्षीय दुखीलाल उराव रहेका छन । हिजो बेलुका साढे ६ बजे करेन्ट लगाई माछा मार्ने क्रममा घाईते भएका उरावलाई आफन्तले उपचारको लागि इनरुवा अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : १२:१२:१६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्