अवैध लागूऔषधसहित पाँच जना पक्राउ

मिति: २०२३-०४-१७ , समय : १६:१७:०३ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, ४ वैशाख । कास्की, पोखरा महानगरपालिका-९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२९ तालचोक बस्ने ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-४ कवडहल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका-३ बस्ने २५ वर्षीय निराजन बोहरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट म।२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्सैगरी कैलाली, भजनी नगरपालिका-५ कव्वाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्रामसहित सोही नगरपालिका(३ कनैयापुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : १६:१७:०३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित