जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
मिति: २०२३-०४-१७ , समय : १६:२१:०४ , आवर प्रदेश
मिति: २०२३-०४-१७ , समय : १६:२१:०४ , आवर प्रदेश
आवर प्रदेश
झापा, ४ वैशाख। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिवास नगरपालिका(५ बस्ने २९ वर्षीय कुल बहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
कुल बहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका-३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १६:२१:०४ , २ वर्ष अगाडि