सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा पुग्यो

मिति: २०२३-०४-१८ , समय : ११:२३:१४ , आवर प्रदेश

आवर प्रदेश

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : ११:२३:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्