रुकुमबाट दुई थान भरूवा बन्दुक बरामद

मिति: २०२३-०४-१८ , समय : १२:००:५८ , आवर प्रदेश

आवर प्रदेश

रुकुम, ५ वैशाख। भूमे गाउँपालिका-१ वालुवास्थित सुन्दर सुमा सामुदायिक जंगलको ओडारबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले उक्त जंगलमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १२:००:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्