गोरखामा २६ वर्षीय सोनाम साङ्बोको डुबेर मृत्यु
मिति: २०२३-०४-१८ , समय : १३:०८:५० , आवर प्रदेश
मिति: २०२३-०४-१८ , समय : १३:०८:५० , आवर प्रदेश
आवर प्रदेश
गोरखा, ५ वैशाख। शहिद लखन गाउँपालिका-४ राईनासस्थित त्रिशुली नदीमा डुबेर मुगु घर भई हाल काठमाडौं सुन्दरीजल गुम्बा बस्ने २६ वर्षीय सोनाम साङ्बोको सोमबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकल कुरिनघाट चितवन हुँदै लागि पृथ्वी हाईवेय अस्पताल ट्रमा सेन्टर कुरिन्टारमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१८ , समय : १३:०८:५० , २ वर्ष अगाडि