नेपालले पहिलो ओभरमै विकेट गुमायो
मिति: २०२३-०४-१८ , समय : १३:४६:४१ , आवर प्रदेश
मिति: २०२३-०४-१८ , समय : १३:४६:४१ , आवर प्रदेश
आवर प्रदेश
एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपालका ओपनर आशिफ शेख ३ बल खेलेर १ रनमात्र बनाएर आउट भएका छन्।
यसअघि निर्धारित ५० ओभरको खेलमा मलेसियाले ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको छ। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए। ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए।
नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।
प्रकाशित मिति: २०२३-०४-१८ , समय : १३:४६:४१ , २ वर्ष अगाडि