अमेरिकामा घरको ढोका ढकढकाएको भन्दै १६ वर्षे किशोरमाथि गोली प्रहार

मिति: २०२३-०४-१८ , समय : १३:५१:४६ , आवर प्रदेश

आवर प्रदेश

अमेरिकामा आफ्नो घरको ढोका ढकढकाएको भन्दै एक व्यक्तिले १६ वर्षे किशोरमाथि गोली चलाएका छन् ।

मिजोरी राज्यमा ८४ वर्षे एन्ड्रु लेस्टरले १६ वर्षे किशोर राल्फ यार्लमाथि गोली चलाएका हुन् । प्रहरीका अनुसार गत बिहीबार राति किशोर एन्ड्रुको घर ढकढकाउन पुगेका थिए । ती किशोरले जानाजान भने ढोका ढकढकाएका थिएनन् ।

राल्फ वास्तवमा आफ्ना जुम्ल्याहा भाइलाई साथीको घरमा लिन गएका थिए । उनी झुक्किएर एन्ड्रुको घर पुगेका थिए । ११५ औँ टेरेसमा जानुपर्नेमा राल्फ ११५ औँ स्ट्रिट पुगेका थिए । जब एन्ड्रुले अश्वेत किशोरलाई आफ्नो घर अगाडि देखे उनले गोली चलाइहाले । राल्फ र एन्ड्रुबीच बिना संवाद नै एन्ड्रुले गोली चलाएको प्रहरीको भनाइ छ ।

गोली प्रहारबाट राल्फको ज्यान त बचेको छ, यद्यपि अमेरिकामा ‘काला जातिको मान्छेको जीवनले पनि अर्थ राख्छ’ भन्दै विरोध प्रदर्शन सुरु भएका छन् । हाल एन्ड्रुमाथि जानाजान हानी पुर्‍याउने आक्रमण गरेको र सशस्त्र आपराधिक गतिविधि गरेको विषयमा अनुसन्धान भइरहेको छ । अभियोजनकर्ताहरूले एन्ड्रुले रंगभेदी दृष्टिकोण राखेर किशोरमाथि गोली चलाएको पनि आशंका गरेका छन् ।

अमेरिकामा यस वर्षको चार महिनाको अवधिमा बन्दुकबाट भएको हिंसामा परेर १२ हजार ४८४ जनाले ज्यान गुमाइसकेका छन् । बीबीसी

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १३:५१:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित