मलेसियाविरूद्धको खेलमा नेपाललाई तेस्रो झट्का,कप्तान रोहितकुमार आउट

मिति: २०२३-०४-१८ , समय : १५:०२:२२ , आवर प्रदेश

आवर प्रदेश

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ। कप्तान रोहितकुमार पौडेल ४२ रन बनाएर आउट भएका छन्।

४३ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ४२ रन जोडेका हुन्। योसँगै उनी अर्धसतक बनाउनबाट चुकेका छन्।

अहिले कुशल मल्ल ब्याटिङ गर्न आएका छन्। जवाफी ब्याटिङ गरेको नेपाललाई जितका लागि २३६ रन आवश्यक छ।

यसअघि नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले नेपालको ब्याटिङ केहि लयमा फर्काएका थिए। तर भुर्तेल पनि ३८ रनमा आउट भएपछि नेपाललाई दबाब बढेको छ।

 

अहिले क्रिजमा भीम सार्की र कुशल मल्ल छन्। सार्की ५६ बलमा ३२ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १५:०२:२२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्