युवतीलाई दुःख हैरानी दिई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

मिति: २०२३-०४-२० , समय : १७:३१:१८ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, ७ वैशाख। सामाजिक संजालको दुरूपयोग गरी युवतीलाई दुःख हैरानी दिई चरित्रहत्या गरेको अभियोगमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ घर भएका २२ वर्षीय ओम प्रकाश महरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित युवतीको हराएको मोबाइलबाट विभिन्न सामाजिक संजालमा भएका तस्विरहरूमा अश्लील शब्दहरू राखी अपलोड गर्नुका साथै प्रोफाइलबाट आफन्तलाई समेत अपरिचित महिला-पुरुषको यौनजन्य भिडियो पठाई चरित्रहत्या गरेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई रोल्पाबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२० , समय : १७:३१:१८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित