बाँकेबाट सुनका गरगहनासहित दुई जना पक्राउ

मिति: २०२३-०४-२० , समय : १७:३५:२९ , आवर प्रदेश

आवर प्रदेश

बाँके, ७ वैशाख। नेपालगंज उपमहानगरपालिका-४ न्यूरोडबाट ४ किलो ९२७ ग्राम २१८ मिलिग्राम तौल भएको सुनको जस्तो देखिने विभिन्न गरगहनासहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-९ बस्ने ४२ वर्षीय रमेश सोनी र सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश ठाकुर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गरगहनासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२० , समय : १७:३५:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित