सहकारी तोडफोडको आरोपमा ४ जना पक्राउ , ३ जना जेल चलान

मिति: २०२३-०४-२१ , समय : ११:२०:५१ , आवर प्रदेश

आवर प्रदेश

जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ ।

मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् । पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा भएका छन् ।

मोरङ जिल्ला अदालतको आदेश बमोजिम दिलिप कुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

अदालतको आदेश बमोजिम मिथिलेश महतो भने दुई लाख धरौटीमा छुटेका छन् ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : ११:२०:५१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित