मेयर कोइरालाद्वारा श्मसान घाटको अवलोकन
मिति: २०२३-०४-२१ , समय : १३:१२:५१ , आवर प्रदेश
मिति: २०२३-०४-२१ , समय : १३:१२:५१ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–७ स्थित श्मसान घाटको अवलोकन गर्नु भएको छ ।
सो अवसरमा घाट व्यवस्थापन समितिका अध्यक्ष वेनिगोपाल मुन्दडाले घाटलाई थप व्यवस्थित बनाउन महानगरका तर्फबाट बजेट छुट्याइदिन मेयर कोइरालासित आग्रह गर्नु भएको थियो । मुन्दडाले बाढीको जोखिम न्यूनीकरणका लागि घाटको उत्तरतर्फ तटबन्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
गत वर्षको बाढीले कटान गर्दा घाट जोखिममा परेको उहाँको भनाइ थियो । मेयर कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा घाटका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले श्मसान घाटलाई व्यवस्थित र आकर्षक बनाएकोमा मुन्दडासहित व्यवस्थपन समितिलाई धन्यवादसमेत दिनुभयो ।
सो अवसरमा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, मेयरको निजी सचिवालयका सदस्यलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : १३:१२:५१ , २ वर्ष अगाडि