करण केसीले नेपाललाई दिलाए सातौँ सफलता
मिति: २०२३-०४-२१ , समय : १६:३२:३८ , आवर प्रदेश
मिति: २०२३-०४-२१ , समय : १६:३२:३८ , आवर प्रदेश
आवर प्रदेश
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानको नेपालले सातौँ विकेट लिएको छ ।
करण केसीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । उनले मोहम्मद नदिमलाई ६५ रनमा रोहितकुमार पौडेलबाट क्याच आउट गराए । यसअघि सन्दीप लामिछानेले तीन र दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट लिए ।
सन्दीपले विश्व कीर्तिमान बनाउने क्रममा एकै ओभरमा दुई विकेट लिए । आदिल शाफिकलाई आउट गरेसँगै सन्दीपले विश्व कीर्तिमान बनाए । उनले १२.३ ओभरमा विकेट लिए । १२.६ ओभरमा सन्दीपले ओमानका जिशान मक्सोदलाई शून्यमा आउट गराउँदै एकै ओभरमा दुई विकेट लिए । यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरमै विकेट लिए । उनले कास्यप प्रजापतिलाई २५ रनमा आउट गराउँदै तीन विकेट लिएका हुन् ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ओमानका सान्दीप गाउदलाई ४६ र आयन खानलाई २९ रनमा आउट गराएका थिए । त्यस्तै, ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा आउट गराए ।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रन बनाएपछि ओमानले विशाल लक्ष्य पाएको हो । समूह ‘ए’ को खेलमा नेपालले ओमानलाई ठूलो लक्ष्य दिएको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठूलो स्कोर हो ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : १६:३२:३८ , २ वर्ष अगाडि