रौतहटमा १२ वर्षीय बालकको डुबेर मृत्यु

मिति: २०२३-०४-२१ , समय : १७:१७:३९ , आवर प्रदेश

आवर प्रदेश

रौतहट, ८ वैशाख । गौर नगरपालिका-२ वस्ने गौरी शंकर बैठाको छोरा १२ वर्षीय बादल कुमार बैठाको सोही नगरपालिका-४ स्थित बकैया खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : १७:१७:३९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित