कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मिति: २०२३-०४-२२ , समय : १६:३३:३५ , आवर प्रदेश
मिति: २०२३-०४-२२ , समय : १६:३३:३५ , आवर प्रदेश
आवर प्रदेश
कपिलवस्तु, ९ वैशाख। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२२ , समय : १६:३३:३५ , २ वर्ष अगाडि