सिरहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मिति: २०२३-०४-२३ , समय : १५:२७:५४ , आवर प्रदेश
मिति: २०२३-०४-२३ , समय : १५:२७:५४ , आवर प्रदेश
आवर प्रदेश
सिरहा, १० वैशाख। बरियारपट्टी गाउँपालिका-५ कजरा चोकस्थित सडकमा बीआर ३२ एपी ७४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय कमल यादवको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लाहान हुँदै थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनालाई प्रादेशिक अस्पताल लाहान हुँदै थप उपचारको लागि न्युरो अस्पताल अस्पताल बिराटनगरतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : १५:२७:५४ , २ वर्ष अगाडि