दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मिति: २०२३-०४-२३ , समय : १६:०५:५८ , आवर प्रदेश

आवर प्रदेश

दाङ, १० वैशाख। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी रामले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १६:०५:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित