तुईन तर्ने क्रममा खसेर एक जनाको मृत्यु
मिति: २०२३-०४-२३ , समय : १७:२९:३५ , आवर प्रदेश
मिति: २०२३-०४-२३ , समय : १७:२९:३५ , आवर प्रदेश
आवर प्रदेश
दार्चुला, १० वैशाख। ब्याँस गाउँपालिका-२ तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थानमा बस्ने ४५ वर्षीय सिन्दल सिंह भण्डारीको महाकाली नदीमा रहेको तुईन तर्ने क्रममा खसेर शनिबार दिउँसो मृत्यु भएको छ ।
तुईन तर्ने क्रममा खसेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा भारततर्फ मन्ती भन्ने स्थानमा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : १७:२९:३५ , २ वर्ष अगाडि