विद्युत कटौतीका विरुद्ध पूर्वका उद्योगी आन्दोलित
मिति: २०२३-०४-२३ , समय : १८:२३:५३ , आवर प्रदेश
मिति: २०२३-०४-२३ , समय : १८:२३:५३ , आवर प्रदेश
आवर प्रदेश
सुनसरी मोरङ औधोगिक करिडोरमा भईरहेको अनियन्त्रीत विद्युत कटौतीका विरुद्ध पूर्वका उद्योगी आन्दोलित बनेको छ । मोरङ व्यापार संघले अनियन्त्रीत विद्युत कटौतीका विरुद्ध आन्दोलन गरेको हो ।
संघले लोडसेडिङ अनुसार उद्योग संचालनदेखि मजदुर कटौतीसम्मको व्यवस्थापन गर्नुपर्ने भएकोले अविलम्ब लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न प्राधिकरणसँग माँग गरेक छन् । संघले नेपाल विद्युत प्राधिकरण सँग लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न माँग गरेक छन्।
उद्योगीले दुहवी ग्रिडका प्रमुख रोशन खड्कालाई लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न अल्टिमेटम दिएको छ । संघका पूर्वअध्यक्ष सारडाले यात माँग बमोजिमको विद्युत दिनुपर्यो । नभए विद्युत कटौतीको लोडसेडिङ सार्वजनिक गर्नुपर्यो भन्दै दुहवी ग्रिडका प्रमुख खड्कालाई अल्टिमेटम पत्र बुझाए ।
सुनसरी मोरङ औधोगिक करिडोरमा प्रत्येक दिन ८ घण्टा भन्दा बढि समय लोडसेडिङ भईरहेको कारण उद्योग धरासाई अवस्थामा पुगेको भन्दै प्राधिकरण र सरकार विरुद्ध अनिश्चितकालिन आन्दोलनको तयारी भईरहेको संघका निवर्तमान अध्यक्ष मुन्दडाले बताए । संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रिजालले भारतसँग विद्युत खरिद गरेर सरकार उद्योगलाई विद्युत आपूत्र्ति गर्न सक्छ । तर फाइलमा नाफा देखाएर बोनस खान पल्किएका प्राधिकरणका कर्मचारी भारतसँग विद्युत खरिद गर्न आनाकानी गरिरहेको रिजालले बताए ।
संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीले लोडसेडिङको कार्यतालिका सार्वजनिक नगर्ने र जथाभावी विद्युत प्रवाह गर्दा उद्योग चल्न नसक्ने भन्दै प्राधिरण विरुद्ध आक्रोश व्यक्त गरे । दुहवी ग्रिडका प्रमुख रोशन खड्काले कोशी प्रदेशमा प्रत्येक दिन २८० मेगावाट विद्युतको माँग रहेको जसमध्ये २०० मेगावाट मात्रै विद्युत उत्पादन हुँदा प्रत्येक दिन पिक आवरमा बिहान ४ र बेलुका ३ गरी ७ घण्टासम्म लोडसेडिङ भईरहेको बताए ।
उनले नेपालमा रहेको कुलेखानीबाट सुख्खा मौसममा सोचेजति विद्युत उत्पादन हुन नसकेको र भारतको कटैया पावर हाउसबाट माँग गरेजति विद्युत आपूत्र्ति हुननसकेको कारण सुनसरी मोरङ औधोगिक करिडोरमा लोडसेडिङ भईरहेको बताए ।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : १८:२३:५३ , २ वर्ष अगाडि