धनकुटामा २६ वर्षीय होम नाथ मगरको नदीमा डुबेर मृत्यु
मिति: २०२३-०४-२४ , समय : १३:३९:५४ , आवर प्रदेश
मिति: २०२३-०४-२४ , समय : १३:३९:५४ , आवर प्रदेश
आवर प्रदेश
धनकुटा, ११ वैशाख। पाँचथर तुम्बेवा गाउँपालिका-२ स्थित तमोर नदीमा डुबेर सोही गाउँपालिकस्थित कोरिडोर सडकमा काम गर्ने धनकुटा चौविसे गाउँपालिका-४ घर भएका २६ वर्षीय होम नाथ मगरको आइतबार दिउँसो मृत्यु भएको छ ।
नदीमा नुहाउने क्रममा नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा धनकुटा चौविसे गाउँपालिका-४ फलामेटारस्थित तमोर नदीमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : १३:३९:५४ , २ वर्ष अगाडि