बारा-२ मतपरिणाम सार्वजनिक , उपेन्द्र यादवको प्रारम्भिक अग्रता

मिति: २०२३-०४-२४ , समय : १३:५९:४० , आवर प्रदेश

आवर प्रदेश

बारा-२ मतपरिणाम सार्वजनिक भएको छ।

जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२४ मत पाएर अग्रता लिएका छन्।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई १७० मतले पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।

अहिलेसम्म ६७० मत गणना भएको छ। अहिले करैयामाई र सुवर्णपूरको मतगणना भइरहेको छ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : १३:५९:४० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित