नेपाली बजारमा सुनको मूल्य बढ्यो

मिति: २०२३-०४-२५ , समय : ११:०६:५९ , आवर प्रदेश

आवर प्रदेश

नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर सोमबारको मुल्यमा नै कारोबार भइरहेको छ।

 

प्रकाशित मिति: २०२३-०४-२५ , समय : ११:०६:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्