आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०४-२५ , समय : १४:२५:३९ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १२ वैशाख। महोत्तरी, बलवा नगरपालिका-११ रौजा बजार बस्ने ४८ वर्षीय जमुरुद्दीन शेखको फर्निचर पसलमा करेन्ट सर्ट भई गएराति आगलागी भई उक्त आगो फैलिएर सोही ठाउँमा रहेको कुखुरा फर्म र मासु पसलमा समेत आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी सुनसरी, कोशी गाउँपालिका(७ बस्ने रामरुप मण्डलको ३ वटा घर र १ वटा गोठमा करेन्ट सर्ट भई सोमबार साँझ आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२५ , समय : १४:२५:३९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित