नेप्से परिसूचक १७ अंकले वृद्धि

मिति: २०२३-०४-२५ , समय : १५:३१:४१ , आवर प्रदेश

आवर प्रदेश

लगातारको गिरावटपछि मंगलबार भने नेप्से परिसूचक १७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.३६ अंकले बढ्दै १९ सय ५.६८ अंकको विन्दुमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक २.७१ अंकले घट्दै १८ सय ८८.३२ अंकको विन्दुमा अडिएको थियो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३६३.६५ अंकमा उक्लिएको नेप्सेले जनाएको छ ।
यद्यपि, कारोबार रकम भने खासै सुधार आउन सकेन । १७ अंकमाथिले नेप्से बढ्दैगर्दा यता जम्मा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज म्युचुअल फण्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक १.९२ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो १.८२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६५ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.४१ प्रतिशतले र फाइनान्स समूह १.६५ प्रतिशतले बढेको छ ।

म्युचुअल फण्डको उपसूचक भने आज झिनो (०.०९ प्रतिशत) अंकले घटेको छ ।

प्रकाशित मिति: २०२३-०४-२५ , समय : १५:३१:४१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्