छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
मिति: २०२३-०३-२० , समय : १०:४७:२६ , आवर प्रदेश
मिति: २०२३-०३-२० , समय : १०:४७:२६ , आवर प्रदेश
आवर प्रदेश
बिराटनगर । इलाम र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो अपरान्ह बिशेष सुचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका-३ का २५ बर्षीय उपेन्द्र बान्तावालाई ७८ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४ हजार २ सय रुपैया सहित पक्राउ गरेको हो ।
त्यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री रुपाकोट मझुवागडी नगरपालिका-५ खोटाङका २३ बर्षीय पुजन राईलाई ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२० , समय : १०:४७:२६ , २ वर्ष अगाडि