झापामा बसको ठक्करबाट एक जनाको मृत्यु
मिति: २०२३-०४-२६ , समय : ११:३७:०४ , आवर प्रदेश
मिति: २०२३-०४-२६ , समय : ११:३७:०४ , आवर प्रदेश
आवर प्रदेश
झापा, १३ वैशाख । कमल गाउँपालिका-२ भुत्लुङस्थित सडकमा मे।१ क ४०७ नम्बरको नवोदय माबि स्कुल बसको ठक्करबाट सोही ठाउँ बस्ने पबन सुबेदीकी छोरी अढाई वर्षीया चिन्दल सुबेदीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२६ , समय : ११:३७:०४ , २ वर्ष अगाडि