अवैध लागूऔषधसहित तीन जना पक्राउ

मिति: २०२३-०४-२७ , समय : १४:५२:४१ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १४ वैशाख। बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने २४ वर्षीय अमिर खान र बाँके डुडुवा गाउँपालिका-७ बस्ने ३७ वर्षीय राजु सिंह रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भे।७ प ८४३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : १४:५२:४१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्