उपराष्ट्रपति यादवको जसपाबाट दिएको राजीनामा स्वीकृत
मिति: २०२३-०३-२० , समय : १२:२०:५५ , आवर प्रदेश
मिति: २०२३-०३-२० , समय : १२:२०:५५ , आवर प्रदेश
आवर प्रदेश
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रकाशित मिति: २०२३-०३-२० , समय : १२:२०:५५ , २ वर्ष अगाडि