बालिका बलात्कारको आरोपमा बैतडीबाट एकजना पक्राउ
मिति: २०२३-०४-२७ , समय : १७:०७:१४ , आवर प्रदेश
मिति: २०२३-०४-२७ , समय : १७:०७:१४ , आवर प्रदेश
आवर प्रदेश
बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् ।
पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले उनको नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।
गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो । पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान शुरु भएको छ ।
उनीमाथि जबरर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्यपरीक्षण गरिएको र रिपोर्ट आउँन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १७:०७:१४ , २ वर्ष अगाडि