नेपाली बजारमा घट्यो सुनको मूल्य
मिति: २०२३-०४-२८ , समय : ११:१७:११ , आवर प्रदेश
मिति: २०२३-०४-२८ , समय : ११:१७:११ , आवर प्रदेश
आवर प्रदेश
नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: २०२३-०४-२८ , समय : ११:१७:११ , २ वर्ष अगाडि