चितवनबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
मिति: २०२३-०४-३० , समय : १५:१८:३८ , आवर प्रदेश
मिति: २०२३-०४-३० , समय : १५:१८:३८ , आवर प्रदेश
आवर प्रदेश
चितवन, १७ वैशाख। भरतपुर महानगरपालिका-१० रेडक्रस चोक बस्ने राम बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-३० , समय : १५:१८:३८ , २ वर्ष अगाडि