एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ललितले लिए चाैथाे विकेट

मिति: २०२३-०५-०१ , समय : १०:०७:४२ , आवर प्रदेश

आवर प्रदेश

रेलु टिम नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले चौथो विकेट गुमाएको छ ।

नेपाललाई चौथो सफलता ललितनारायण राजवंशीले दिलाएका हुन् । ललितले रामिज शाहजादलाई एक रनमा आउट गराए । यसअघि करण केसीले दुई र सोमपाल कामीले एक विकेट लिएका छन् । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराएका थिए ।

टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ९.१ ओभरमा चार विकेटको क्षतिमा ३५ रन बनाएको छ ।

यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।

 

प्रकाशित मिति: २०२३-०५-०१ , समय : १०:०७:४२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्