फेरि वर्षाले रोकिए नेपाल र युएईबीचको फाइनल खेल

मिति: २०२३-०५-०१ , समय : ११:५६:३७ , आवर प्रदेश

आवर प्रदेश

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाले रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्द खेल वर्षाले रोकिएको हो। युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए। लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे।

नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए। उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। युएईले २५.४ ओभरमा ७ विकेट गुमाउदा १०३ रन जोडेको छ।

त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका छन्। युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।

यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे।

रोहान मुस्ताफालाई २ रनमा सन्दीप लामिछानले आउट गरे। नेपालका लागि ललितले तीन विकेट लिएका छन्। सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिइसकेका छन्।

 

प्रकाशित मिति: २०२३-०५-०१ , समय : ११:५६:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्