पोखरामा सार्वजनिक जग्गामा घर बनाउदै गरेपछि महानगरले डोजर लगेर भत्काउदै – भिडियो सहित
मिति: २०२३-०५-०१ , समय : १४:१८:४० , आवर प्रदेश
मिति: २०२३-०५-०१ , समय : १४:१८:४० , आवर प्रदेश
आवर प्रदेश
पोखरा महानगरपालिका वडा न १७ बेलघारीमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाउदै गरेको भन्ने सुचना प्राप्त भएपछी पोखरा महानगरपालिकाले तत्काल नै थप संरचना नबनाउन आग्रह गरेको थियो ।
महानगरपालिका र वडाको आग्रहलाई लत्याउदै संरचना बनाउने क्रम नरोकिएपछि पोखरा महानगरपालिकाको नगर प्रहरी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उक्त स्थानमा निर्माण भएको ठाउमा डोजर लगाएर ठाउ खालि गराएको छ । त्यसै क्रमममा घर निर्माण भएको ठाउबाट झ्याल ढोका लगाएतका निर्माण सामाग्री पनि जफत गरिएको छ ।
पोखरा महानगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको सम्रक्षण गर्नु स्थानी निकायको जिम्मेवारी भएका कारण आफुहरुले यस्ता सार्वजनिक स्थानमा हुने गतीबिधी निरन्तर निगरानी गरेको र कसैले पनि सरकारी जमिनमा यस्ता क्रियाकलाप गरेको भेटमा पोखरा महानगरपालिकालाई जानकारी गराउन पनि पोखरा महानगरपालिकाको कार्यालयले बिशेष आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२३-०५-०१ , समय : १४:१८:४० , २ वर्ष अगाडि