अवैध लागूऔषधसहित चार जना पक्राउ
मिति: २०२३-०५-०२ , समय : १३:२०:३१ , आवर प्रदेश
मिति: २०२३-०५-०२ , समय : १३:२०:३१ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १९ वैशाख। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ग्रामसहित कैलाश गाउँपालिका-५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्सैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-९ सुन्दरपुर बस्ने २९ वर्षीय प्रकाश चन्द समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन करिब १ ग्राम ३७ मिलिग्राम र १ राउण्ड गोलीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले प्रकाशको कोठाबाट उक्त खैरो हेरोइन र गोलीसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
त्सैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २७ वर्षीय किरण चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ३ सय ९० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-०२ , समय : १३:२०:३१ , २ वर्ष अगाडि