धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

मिति: २०२३-०५-०२ , समय : १४:५८:१४ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १९ वैशाख। धादिङ, निलकण्ठ नगरपालिक-३ सिरानबजार बस्ने २५ वर्षीय माधव रेग्मीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

आफ्नै कुखुरा फर्ममा बत्ती बदल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १४:५८:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्