विद्यूत आपूर्ति कटौती गरिदिने धम्की दिएको भन्दै मोरङ व्यापार संघद्वारा गम्भिर ध्यानाकर्षण

मिति: २०२३-०५-०२ , समय : १६:३६:०२ , आवर प्रदेश

आवर प्रदेश

नेपाल विद्युत प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्यूत आपूर्ति कटौती गरिदिने धम्की दिएको भन्दै मोरङ व्यापार संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले मोरङ–सुनसरी–कटहरी औद्योगिक कोरिडोरका उद्योगहरूमा विद्युत कटौती गरिदिने धम्कि दिनका साथै कटैती पनि गरिदिएको जनाएको हो ।

 

कोरोनाको महामारी को समयमा उद्योगी व्यवसायीहरूले निकै समस्या भोगेको थियो। चर्काे बैंक व्याजदर लगायतका आर्थिक समस्याहुदा हुदै पनि जेनतेन संचालनमा रहेका उद्योगहरूमा विद्युतको आपूर्ति समेत असहज हुँदा उद्योगहरू जोखिमपूर्ण अवस्थामा पुगेका संघले उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणबाट केहि महिनायता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत कटौतिबाट समस्याग्रस्त उद्योग क्षेत्रको नेतृत्व गर्दै यस संघले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रीडमा गएर उद्योग क्षेत्रका लागि निर्वाद विद्युत आपूर्ति गरिनु पर्ने तथा विद्युत कटौति गर्ने निर्धारित तालिका उपलब्ध गराउनु पर्ने माग गर्दै असहज विद्यूत आपूर्तिको अवस्था विरुद्ध विरोध जनाएको सर्वविदितै छ ।’

संघले उद्योगलाई कुनै लिखित सुचना नदिइ मौखिक रूपले तत्कालै विद्युत आपूर्ति कटौति गरिदिने धम्की दिनु प्राधिकरणको संघको विरोध कार्यक्रमको प्रतिशोध स्वरुप त होइन? भन्ने प्रश्न उब्जीएको छ संघले उल्लेख गरेको छ ।

 

 

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १६:३६:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित